परिचय

परिचय

मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णय अनुसार नेपाल सरकार गृह मन्त्रालय जिल्ला प्रशासन कार्यालय काठमाडौंको एउटा इकाइको रुपमा शिक्षा विकास तथा समन्वय इकाइ काठमाडौं स्थापना भएको हो । जम्मा ९ जना कर्मचारी रहने गरी स्थापना भएको यो इकाइ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको जिल्लास्तरीय शिक्षा प्रशासन र समन्वयको संक्रमणकालीन व्यवस्था हो । शुरुमा गृह मन्त्रालय अन्तर्गत स्थापना भएको यो इकाइ २०७५ सालमा नै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत ल्याइएको थियो ।

अर्को व्यवस्था नभएसम्मका लागि शिक्षा सम्बन्धी प्रचलित कानुनको परिधिभित्र रही स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्था भित्र नपरेका साविक जिल्ला शिक्षा कार्यालयहरुले विगतमा सञ्चालन गरिरहेका शिक्षा सम्बन्धी कार्यहरु गर्ने गरी इकाइलाई कार्यादेश दिइएको छ ।

जिल्ला शिक्षा कार्यालय खारेज हुँदा अभिलेख व्यवस्थापन,प्रमाणीकरण र हस्तान्तरण, शिक्षकहरुको औषधोपचार खर्च, विरामी विदाको रकम, उपादान, निवृत्तभरण जस्ता सुविधा सिफारि... Read More